Saturday, December 1, 2012

पाँच ट्राफिक प्रहरी समातिए

केपी ढुंगाना, काठमाडौं, मंसिर १६- महानगरीय प्रहरी ट्राफिक महाशाखाका डिआइजी उपेन्द्रकान्त अर्यालले घुस खाँदै गरेका पाँच जना ट्राफिक प्रहरीलाई रंगेहात पक्राग गरेका छन्। ललितपुरको सानेपामा भारतीय गाडीसँग घुस खाँदै गरेका ट्राफिक प्रहरी हवल्दार गणेशकुमार श्रेष्ठसहित पाँच जनालाई घुससहित फेला पारेका हुन्।


महाशाखाका प्रवक्ता पवन गिरीका अनुसार रंगेहात पक्राउ परेका पाँचै ट्राफिक प्रहरीलाई निलम्बन गरी थप कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। महाशाखा स्रोतका अनुसार ट्राफिक प्रहरीले गर्ने आर्थिक बदमासी पता लगाउन डिआइजी अर्याल सादा पोसाकमा आफैं अनुगमन गर्दै हिँड्ने गरेका छन्।
मोटरसाइकलमा १४ गते बेलुका अनुगमन गर्दै हिँडेका अर्यालले पाँच जना प्रहरीलाई प्रमाणसहित पक्राउ गर्न सकेका हुन्।
  from http://www.nagariknews.com/society/nation/49736-2012-12-01-07-39-14.html

No comments:

Post a Comment