Saturday, December 1, 2012

पाँच ट्राफिक प्रहरी समातिए

केपी ढुंगाना, काठमाडौं, मंसिर १६- महानगरीय प्रहरी ट्राफिक महाशाखाका डिआइजी उपेन्द्रकान्त अर्यालले घुस खाँदै गरेका पाँच जना ट्राफिक प्रहरीलाई रंगेहात पक्राग गरेका छन्। ललितपुरको सानेपामा भारतीय गाडीसँग घुस खाँदै गरेका ट्राफिक प्रहरी हवल्दार गणेशकुमार श्रेष्ठसहित पाँच जनालाई घुससहित फेला पारेका हुन्।


महाशाखाका प्रवक्ता पवन गिरीका अनुसार रंगेहात पक्राउ परेका पाँचै ट्राफिक प्रहरीलाई निलम्बन गरी थप कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। महाशाखा स्रोतका अनुसार ट्राफिक प्रहरीले गर्ने आर्थिक बदमासी पता लगाउन डिआइजी अर्याल सादा पोसाकमा आफैं अनुगमन गर्दै हिँड्ने गरेका छन्।
मोटरसाइकलमा १४ गते बेलुका अनुगमन गर्दै हिँडेका अर्यालले पाँच जना प्रहरीलाई प्रमाणसहित पक्राउ गर्न सकेका हुन्।
  from http://www.nagariknews.com/society/nation/49736-2012-12-01-07-39-14.html

कमरेडले बुझे कलम महिमा


दोलखा सुनखानीका शुभराज शिवाकोटीको सानैदेखिको सपना सेनामा जागिर खाने थियो । २०६२ सालमा उहाँ ७ कक्षामा पढ्दै थिए । देशमा द्धन्द चलिरहेको थियो । । हतियार वोकेका सेना तथा माओवादीहरु गाउँगाँउमा आउने जाने गर्दथे । यसवेलामा उहाँलाई तत्कालिन विद्रोही नेकपा माओवादी पार्टीले जनसेना वनाइदिने आश्वासन दियो । आफ्नो सानैदेखिको सपना पुरा हुने भएपछि शुभराज आफ्नो पढाई छोडेर जनसेनामा लागे ।  

आत्मनिर्भर दोलखा


   अर्जुन 'अपवाद'
    दोलखा सदरमुकाम चरिकोटमा विगत १७ वर्षदेखी होटल व्यवसायमा संलग्न चन्द्र तामाङले आफ्नो होटलमा ५ वर्ष अगाडीसम्म मासु चाँहीदा काठमाण्डौबाट मगाउने गर्दथे । अहिले उनको होटलका लागि आवाश्यक पर्ने मासु तथा अण्डा दोलखामा नै उत्पादन हुने गर्छ । चरिकोटमा रहेको होटल शुभेच्छाका सञ्चालक  रहेका तामाङ भन्छन “पहिला सुरुको अवस्थामा मासुहरु तरकारीहरु सबै काठमाण्डौवाट आँउथ्यो । पछिल्लो चरणमा आएर बैदेशिक रोजगारीबाट फर्केर आउनेहरुले कृषिजन्य पदार्थमा हात हालेका छन । यसले गर्दा मासु र अण्डामा दोलखा आत्मनिर्भर छ ।” उनको होटलमा मासिक रुपमा झण्डै २ सय किलो मासु खपत हुन्छ । उनको होटल जस्तै चरिकोट वजारका अन्य होटलमा आवाश्यक पर्ने मासु पनि दोलखामा नै उत्पादन हुने गर्दछ ।