दोलखा सुनखानीका शुभराज
शिवाकोटीको सानैदेखिको सपना सेनामा जागिर खाने थियो । २०६२ सालमा उहाँ ७
कक्षामा पढ्दै थिए । देशमा द्धन्द चलिरहेको थियो । । हतियार वोकेका सेना
तथा माओवादीहरु गाउँगाँउमा आउने जाने गर्दथे । यसवेलामा उहाँलाई तत्कालिन
विद्रोही नेकपा माओवादी पार्टीले जनसेना वनाइदिने आश्वासन दियो । आफ्नो
सानैदेखिको सपना पुरा हुने भएपछि शुभराज आफ्नो पढाई छोडेर जनसेनामा लागे ।
Showing posts with label Local News. Show all posts
Showing posts with label Local News. Show all posts
Saturday, December 1, 2012
आत्मनिर्भर दोलखा
अर्जुन 'अपवाद'
दोलखा सदरमुकाम चरिकोटमा विगत १७ वर्षदेखी होटल व्यवसायमा संलग्न चन्द्र
तामाङले आफ्नो होटलमा ५ वर्ष अगाडीसम्म मासु चाँहीदा काठमाण्डौबाट मगाउने
गर्दथे । अहिले उनको होटलका लागि आवाश्यक पर्ने मासु तथा अण्डा दोलखामा नै
उत्पादन हुने गर्छ । चरिकोटमा रहेको होटल शुभेच्छाका सञ्चालक रहेका तामाङ
भन्छन “पहिला सुरुको अवस्थामा मासुहरु तरकारीहरु सबै काठमाण्डौवाट आँउथ्यो ।
पछिल्लो चरणमा आएर बैदेशिक रोजगारीबाट फर्केर आउनेहरुले कृषिजन्य पदार्थमा
हात हालेका छन । यसले गर्दा मासु र अण्डामा दोलखा आत्मनिर्भर छ ।” उनको
होटलमा मासिक रुपमा झण्डै २ सय किलो मासु खपत हुन्छ । उनको होटल जस्तै
चरिकोट वजारका अन्य होटलमा आवाश्यक पर्ने मासु पनि दोलखामा नै उत्पादन हुने
गर्दछ ।
Subscribe to:
Posts (Atom)